भियतनाम: आगलागीमा ५६ जनाको मृत्यु भएको प्रहरीद्वारा पुष्टि

भियतनामको राजधानी हनोईस्थित एक आवासीय भवनमा आगलागी हुँदा ५६ जनाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ।

भियतनामको २० वर्षयताकै सबैभन्दा घातक आगलागी स्थानीय समयअनुसार मङ्गलबार मध्यरातअघि १० तले भवनको पार्किङ फ्लोरमा भएको प्रत्यक्षदर्शीले बताएका छन्।

हनोई प्रहरीविभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्।” मृत्यु हुनेमा कम्तीमा तीन जना बालबालिका रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

आगो नियन्त्रण सम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा अपार्टमेन्टका मालिकलाई पक्राउ गरिएको हनोई प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2023-09-14 05:38:00

प्रतिकृया दिनुहोस्