भारतमा टिपर दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

बिएल संवाददाता

रुकुम पश्चिम

भारतको हिमाचल प्रदेशमा टिपर दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो। 

तीनजना घाइते भएका छन्। घाइते हुनेमा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिए।

घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन्। कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ। उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए। 

उनीहरू गत वर्षको मङ्सिरमा रोजगारीका लागि भारतको हिमाचल गएका थिए।

प्रकाशित मिति: : 2023-09-11 17:03:00

प्रतिकृया दिनुहोस्