शनिबार, १२ जुलाई २०२५

'वातावरण बिग्रिन्छ भनेर प्रधानमन्त्रीले चुच्चे नक्साको कुरा उठाउनुभएन भने माफी दिन सक्दैनौँ'

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2023-09-11 11:13:00
News Image
• • •

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो ५ असोजमा न्युर्योकबाट सीधै बेइजिङ उड्दैछन्। प्रचण्डको चीन भ्रमण त्यस्तो अवस्थामा हुँदैछ, जतिबेला चीनले नजिक ठानेका प्रधानमन्त्री अघोषित दक्षिण र पश्चिम सिफ्ट भएको चिनियाँ बुझाइ हावी भइरहेको छ। अमेरिकी अनुदान परियोजना एमसीसीमा दोहोरो चरित्र निभाएका प्रचण्डले चीनको बीआरआई परियोजनामा पनि त्यस्तै भूमिका देखिएका छन्।

बीआरआई परियोजनाको पक्षमा वकालत गर्ने अनि बीआरआईको सूचीका  परियोजना निकालेर भारतलाई सुम्पिने काम पनि प्रधानमन्त्री प्रचण्डबाट नै भएको छ। निम्तो पाउँदासमेत भारत रिसाऊला भनेर चीन नगएका प्रधानमन्त्री प्रचण्ड शान्ति प्रक्रिया सल्टाउन पश्चिमासँग पनि नजिक देखिन चाहिरहेका छन्।

अर्कातिर भारत र अमेरिका कदांचित प्रचण्डले बीआआई परियोजनालाई अगाडि बढाइदेलान् भन्ने आंशकामा देखिन्छन्। नेपाल र चीनको सम्बन्ध सम्भवत पहिलोपटक यति तरल अवस्थामा आइपुगेको हो, वास्तवमा त्यो सम्बन्धलाई विश्वासमा लिई सन्तुलन राख्ने प्रचण्डको कूटनीतिक परीक्षाको संगीन घडी पनि हो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?