बालिकालाई दुर्व्यवहार गरेको आरोपमा जापानमा नेपाली पक्राउ

बिएल संवाददाता

आइची (जापान)

जापानमा स्कुले बालिकालाई दुर्वव्यवहार गरेको आरोपमा एकजना नेपाली पक्राउ परेका छन्।

उच्च माध्यमिक विद्यालयमा अध्ययनरत १६ वर्षीया दुई छात्रालाई दुर्वव्यवहार गरेको आरोपमा नेपाली पुरुष पक्राउ परेको जापानी सञ्चार माध्यमले जनाएका छन्।

ती नेपाली पुरुषले पार्कमा बाटो सोध्ने क्रममा छात्रामाथि दुर्वव्यवहार गरेका थिए।

पार्कमा बाटो सोध्ने क्रममा दुई किशोरीहरुलाई अभद्र व्यवहार तथा अश्लील कार्य गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ।

पक्राउ परेका ४३ वर्षीय शर्मा थरका नेपाली नागरिक हुन्, जो आइची प्रिफेक्चरको चिता सिटीको एक रेस्टुरेन्टमा काम गर्थे।

प्रहरीका अनुसार ७ सेप्टेम्बर राति शर्माले आइची प्रान्तको तोकाइ शहरको ओतागावा स्टेसनमा छात्राहरूलाई ‘आसाकुरा स्टेसन कहाँ छ? भनेर सोधेर रेल चढेका थिए। उनले त्यहाँको पार्कमा दुई छात्रालाई अभद्र तरिकाले छोएको आशंका छ।

पीडित विद्यार्थीले आफ्ना अभिभावकमार्फत प्रहरीलाई घटनाबारे जानकारी गराएपछि उनलाई पक्राउ गरिएको बताइएको छ।

प्रहरी अनुसन्धानको जवाफमा शर्माले आरोप अस्वीकार गर्दै ‘मैले उनीहरूलाई छोएको छैन’ भन्ने बयान दिएका छन् ।

प्रहरीले घटनाको कारण र थप अभियोगबारे विस्तृत अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित मिति: : 2023-09-10 19:26:00

प्रतिकृया दिनुहोस्