जी- २० शिखर सम्मेलनस्थलमा शक्तिराष्ट्रका नेता आउने क्रम जारी, प्रम मादीद्वारा स्वागत

बिएल संवाददाता

नयाँ दिल्ली
photo: AFP
photo: AFP

आज र भोलि भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी- २० शिखर सम्मेलनमा भागलिन विश्वका शक्तिराष्ट्रका नेताहरू प्रगति मैदानमा निर्माण गरिएको भारत मण्डपमा आउनेक्रम जारी छ।

यसअघि आफ्ना जापानी समकक्षी फुमियो किसिदालाई प्रधानमन्त्री मोदीले सम्मेलनस्थलमा स्वागत गरेका थिए।

प्रधानमन्त्री मोदीले बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई सम्मेलनस्थल मण्डपमा स्वागत गरेका छन्। त्यसअघि बेलायती प्रधानमन्त्रीलाई इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा बाह्य मामिलामन्त्री सुव्रमन्यम जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहित बाह्य मामिला मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

पन्ध्र वर्षअघिको आर्थिक सङ्कटका बेला विश्वअर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा सङ्गठनका रुपमा स्थापना भएको जी- २० को नयाँदिल्ली संस्करणमा सहभागी हुन विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री नयाँदिल्ली आइसकेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विश्व नेता शुक्रबार राजधानी आइपुग्नु भएको हो।

प्रकाशित मिति: : 2023-09-09 11:39:00

प्रतिकृया दिनुहोस्