भेनेजुएलाका राष्ट्रपति चीन भ्रमणमा 

फाइल तस्बिर
फाइल तस्बिर

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो साताव्यापी चीनको राजकीय भ्रमणमा आज कराकसबाट बेइजिङ आइपुगेका छन्। 

चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा गणतन्त्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसले यही सेप्टेम्बर ८ देखि १४ सम्म चीनको राजकीय भ्रमण गर्दै छन्।

अन्तरराष्ट्रिय रूपमा एक्ल्याइएको तेल– धनी राष्ट्र भेनेजुएलाकासँग बेइजिङको घनिष्ठ सम्बन्ध छभने काराकसको मुख्य ऋणदातामध्येको चीन एक हो। चीनले भेनेजुएलाको चेतावनीलाई समर्थन गरेको छ जसलाई यो देशमा विदेशी हस्तक्षेपको घोर विरोध गर्ने भेनेजुएलाप्रति बेइजिङको पूर्ण समर्थन रहेको छ। वर्षौँदेखि सङ्कटमा परेको उसको अर्थव्यवस्थालाई उजिल्याउन भरथेग गर्दै आएको छ। 

भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले यसैसता शाङ्घाई र बेइजिङको भ्रमण गरेका थिए। उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटघाट गरेका थिए। वर्षौँपछि  काराकासबाट उच्च अधिकारीले गरेको यो नै पहिलो भ्रमण हो। 

'चीन र भेनेजुएलाले अटूट मित्रता कायम गरेका छन्, चीनले भेनेजुएलाको राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय मर्यादाको रक्षा गर्न दृढतापूर्वक समर्थन गर्दछ', विदेशमन्त्री वाङले भनेका छन्। 

यसैबीच ब्लूमबर्गका अनुसार यो भ्रमणको उद्देश्य बेइजिङबाट लगानी सुरक्षित गर्नु तथा  भेनेजुएला र चिनियाँ पेट्रोलियम कम्पनीहरूबीच सम्भावित संयुक्त लगानीबारे छलफल गर्नु हो। 

काराकासले लामो समयदेखि बेइजिङसँग आफ्नो सङ्कटग्रस्त अर्थतन्त्रलाई सुदृढ बनाउन मद्दत माग्दै आएको छ। 

 चीनबाट ऋण

राष्ट्रपति मदुरोले अन्तिम पटक २०१८ मा बेइजिङको भ्रमण गरेका थिए। आजदेखि हुने उनको चीन भ्रमण दशौँ हो। उनले  राष्ट्रपति सीको ‘मानवताको लागि साझा गन्तव्य’दृष्टिकोणको प्रशंसा गर्दै आएका छन्।

संयुक्त राज्य अमेरिकाविरुद्ध बारम्बार आवाज उठाउँदै आएका भेनेजुएलाका नेताले चीनसँग आर्थिक सहयोग एवं ऋण उपलव्ध गराउन अनुरोध गर्ने बताइएको छ। 

चिनियाँ नेता सीले सन् २०१४ मा भेनेजुएलाको भ्रमण गरेका थिए। दुवै नेता अमेरिकी आधिपत्यवादी गतिविधिका तीव्र आलोचक मानिन्छन्। 

प्रकाशित मिति: : 2023-09-08 18:23:00

प्रतिकृया दिनुहोस्