कागबेनी बाढी प्रभावितलाई पाँच लाख बढी सहयोग 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीका बाढी पीडिलाई सहयोगार्थ संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ। मार्फा थकाली युवा संञ्जालकी अध्यक्ष सुकु हिराचनले बाढी प्रभावित क्षेत्रको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङलाई पाँच लाख ६३ हजार ६२० रुपैयाँ रकमको चेक हस्तान्तरण गरिन। 

मार्फा थकाली युवा संञ्जाल कास्की पोखराकी अध्यक्ष सुकु हिराचनको पहलमा स्वदेश तथा विदेशमा बसोबास गर्ने मार्फा थकाली समुदाय अन्तर्गतका मार्फा म्हने आमा समुह, मार्फा थकाली समाज (काठमाडौं), मार्फा थकाली महिला समिति (पोखरा) लगायत ५६ जना व्यक्तिहरु रकम संकलन गरिएको थियो। 

वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष गुरुङले सञ्जालले उठाएको रकम विपद् पीडितको उद्दारमा खर्च गरिने बताए। 

संस्थाकी अध्यक्ष हिराचनले प्राकृतिक विपदमा परेकाहरुको सहयोगका लागि संञ्जालले विगतदेखि आर्थिक राहत संकलन गरी सम्बन्धित क्षेत्रमा सहयोग गर्ने गरेको बताइन। 

मार्फा थकाली युवा संञ्जाल कास्की पोखरा २०७२ सालमा स्थापना भएको हो। संस्थाले प्राकृतिक विपद्मा परेका व्यक्तिहरुको सहयोगका लागि निरन्तर समुदायमा रकम संकलन गरी राहत प्रदान गर्दै आईरहेको संस्थाले जनाएको छ।

प्रकाशित मिति: : 2023-09-06 20:18:00

प्रतिकृया दिनुहोस्