बर्माकाे सेनाले आङ सान सुकीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरेकाे आरोप

सैनिक हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको अधिकारीहरूलाई उदृत गर्दै कान्छा छोराले आरोप लगाएका छन्।

दाँतको गम्भीर समस्याबाट पीडित ७८ वर्षीया नेत्रीलाई आपत्कालीन स्वास्थ्य सेवाबाट वञ्चित गरिएको छोरा किम एरिसले बताएका हुन्।

बिरामी आमालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले रोकेको किमले दाबी गरेका छन्।

दाँत र गिजाको गम्भीर समस्याका कारण आफ्नी आमा केही दिनदेखि अस्वस्थ भइ खाननसक्ने अवस्थामा पुगेकाे उनले बीबीसी बर्मेली सेवालाई बताएका छन्।

प्रकाशित मिति: : 2023-09-06 14:19:00

प्रतिकृया दिनुहोस्