हाइकुई आँधी ताइवानपछि चीनतर्फ

हाइकुई आँधीका कारण सोमबार ताइवानको तटीय क्षेत्रमा सामान्य जनजीवन प्रभावित बनेको छ।

आँधीले सयौं रूखहरू ढालेको छ भने आँधीसँगै आएको मुसलधारे पानीका कारण तटीय सडकहरूमा व्यापक क्षति पुगेको छ।

हाइकुई सुरुमा टापुबाट बाहिरिएको जस्तो देखिए पनि सोमबार बिहानै दक्षिणपश्चिम काउसियुङमा दोस्रो पटक अवतरण भएको थियो र त्यसपछि ताइवान स्ट्रेटमा प्रवेश गरेको थियो। त्यहाँ कुनै पनि व्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको छैन।

अधिकारीहरूका अनुसार आँधीका कारण १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। मुख्यतः रूख ढलेका र कार दुर्घटनाका कारण उनीहरू घाइते भएका अधिकारीहरूले बताएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।

कम जनसङ्ख्या भएको पूर्वी ताइवानको तटीय पहाडी काउन्टी ताइतुङमा विनाश देखिएको छ। ताइतुङ्गको दोङहे बस्तीका ५५ वर्षीय गाउँका मुखिया चेन हाई–फेङले भने ‘मैले जीवनमा यति ठूलो आँधी पहिलो पटक देखेँ।’

प्रकाशित मिति: : 2023-09-05 05:57:00

प्रतिकृया दिनुहोस्