ती वर्षअघि जापान पुग्दा ददिवल खड्काको मनमा थियो- केही पैसा कमाएर नेपाल फर्किन्छु!
तर जीवनमा सोचेजस्तो कहाँ हुन्छ र! अनि समय पनि चाहेजस्तो हुन्न।
पैसा कमाउँदा कमाउँदै महिना बिते। वर्ष बिते। तर फेरि नेपाल फर्किने अनि आफ्नै जन्मभूमिलाई कर्मभूमि बनाउने साइत जुरेन।
देशप्रतिको यो ‘धडक’ उतै रह्यो। तर जीवन त बिताउनै थियो।
नेपालमा स्नातक सम्म पढ्दै गर्दा जिम्मेवारी फेरिदैं थिए। घरको अवस्था त त्यतिधेरै खराब थिएन। भकारभरि गाईभैसी थिए। खेतबारी थियो र हरेक सिजनको अन्नले खान पनि पुग्थ्यो।
तर जब उमेर बढ्दै जान्छ अनि आफ्नै निजी आवश्यकताले थिच्दै जान्छ। जिम्मेवारीका दायरा अनि परिभाषाहरू फेरिन थाल्छन्। सपनाहरू बटुलिन थाल्छन्। सोच र आदतहरूले लखेट्न थाल्छन्।
यस्तै नियतिमा ददिवल पनि अलमलिइरहेका थिए, पोखराका सडकहरूमा।
र, यस्तैमा एक दिन उनी जापान पुगे। यो पहिलोपटक जापान घुमेर फर्किए। र, फेरि उनी सन् १९८९ तिर फेरि ‘टुरिस्ट’ भीसामा जापानै आए। यो पालिको ‘भिजिट’ फेरि फर्किने खालको थिए।
पहिलोचोटी घुम्नेमात्रै थियो, यसपालि उनले सोचिसकेका थिए अब ‘यतै केही गर्छु अनिमात्रै फर्किन्छु।’
युद्धले थिलोथिलो भएको जापान त्यो बेला तंग्रिदैं थियो। नेपालीहरू धेरै थिएनन् जापानमा।
म्याग्दीको खारामा जन्मिएका ददिवलले त्यो भिसालाई बदल्दै थिए। सोच बदल्दै थिए।
गाँउबाट एसएसली सकेर पोखरामा पढ्न आएका ददिवल पढ्दापढ्दै ‘मास्टर’ बनेर अरूलाई पढाउने पनि भइसकेका थिए।
मास्टरी जीवन फस्टाइरहेको थिएन। त्यसपछि उनले केही समय राष्ट्रिय वाणिज्य बैंकमा पनि काम गरेका थिए।
नेपालमा के थियो र!
साथीहरू विदेश जाँदै थिए। आज पनि नेपाली युवाको लर्को उस्तै छ, विदेशिने।
उनका केही साथीहरू जापान पनि पुगिसकेका थिए।
पर्यटक भिषा लिएर जापान पुगेका उनी त्यसपछि त्यहीँ जापनिज् भषा पढ्न थाले। पढ्दै रहे अनि काम पनि गर्दै रहे।
जापनिज कम्पनीमा उनले त्यसैगरी १८ वर्ष बिताए। त्यो बेलासम्म जापान उनका लागि ‘लाइफस्टाइल’ बनिसकेको थियो।
केही नेपाली पढेर फर्किरहेका थिए। उनलाई पनि मनमा लागेको थियो- यहाँ पढेर फर्किन्छु। तर परिस्थिति अर्कै भइसकेको थियो, जापनिज भाषा पढेको मान्छे नेपाल फर्केर के गर्नू! त्यो भाषा जापानकै लागि थियो, जो उनले पढेका थिए।
त्यो बेला नेपालीहरू धेरै कम थिए जापानमा। आफूलाई संसारमाझ फेरि पुर्नजीवित गर्दै गरेको जापानको त्यो विकासयात्रामा ददिवलहरू पनि केही साक्षी थिए।
फोनको प्रचलन त्यहाँ पनि निकै कम थियो। नेपालमा त त्यसको परिकल्पनासम्म थिएन सायद।
राजधानी टोकियोभित्रै हाराजु भन्ने ठाउँ छ। जहाँ सप्ताहन्ततिर भेटघाटको मेसो मिल्थ्यो। छेउछाउमा रहेका नेपाली जम्मै त्यहाँ भेला हुन्थे। भेटघाट हुन्थ्यो। सुख, दु:खका कुरा हुन्थे। त्यहिं नेपालीहरू नाच्थे, गाउँथे र रमाइलो गर्थे।
मिलनको रमाइलो क्षण बन्थ्यो त्यो!
एउटा ब्रान्डेड होटेलको आउटलेट(बेकरी)मा ददिवलले काम गर्थे। जहाँ ४० जना जापनिज कर्मचारी थिए। तर ददिवल त्यो बेकरीमा एक्ला नेपाली थिए।
काम राम्रै चल्दै थियो। ददिवलले काम पनि सिकिरहेका थिए। केही पैसा पनि कमाइरहेका थिए।
त्यही बेला कम्पनीले कर्मचारीहरूको बढुवा गर्यो। उनी परेनन्। बरू कम्पनीले त उनीभन्दा ‘जुनियर’ कर्मचारीलाई पो उनीभन्दा ‘सिनियर’ बनाइदियो। ती जापनिज नै थिए।
‘आफूभन्दा जुनियरको अन्डरमा अब कसरी काम गर्नू!’ धर्मसंकटको त्यो क्षण ददिवलको दिलले भन्यो ‘आत्मसम्मानको यो चोट सहेर पनि के काम गर्नू!’
उनले जागिर छोडे। अनि आफैले केही गर्ने सोंच आयो। केही त गर्नै थियो। त्यत्तिकै बसेर पनि भएन।
सन् २००८ तिर उनले आफ्नै रेस्टुरेन्ट खोले।
१८ वर्षसम्म जापनिज रेस्टुरेन्टमा काम गर्दा उनले सिकेको भनेकै फाफरको नुडल्स बनाउन थियो। उनले आफ्नो रेस्टुरेन्टमा पनि त्यसकै काम थाले।
तर फाफर उनको निजी जीवनमा त्यति धेरै फापेन। जापान थियो, थरिथरिका ‘आइटम’ खोज्थे। व्यवसाय चल्ने छाँट नदेखेपछि उनले त्यसलाई अलिकति परिवर्तन गरे।
त्यसपछि जापनिज् ग्राहक तान्नका लागि उनले कुखुराको ‘याक्टोरी’ विशेष रेस्टुरेन्ट खोले। त्यो पनि त्यतिधेरै चलेन।
त्यसपछि उनले नेपाली र इन्डियन खाना पाइने रेस्टुरेन्ट खोले।
यो अलि फलिफाप हुन थाल्यो। केही वर्षमै उनले जापानका सहरमा यो रेस्टुरेन्टका २९ वटा ‘आउटलेट’ भए।
अलिकति कमाएपछि उनले त्यो पैसा ‘रियलस्टेट’मा लगाउन थाले। चल्तीको व्यापार थियो। तर त्यसलाई अलिकति नयाँपन दिए।
रियलस्टेल बिजनेस अलिधेरै चम्किन थाल्यो। उनले रेस्टुरेन्टका आउटलेटहरू घटाए र अहिले पाँचवटामात्रै छन्। २९ वटा आउटलेटमा सय जनाभन्दा धेरैलाई उनले रोजगारी दिएका थिए।
म संघसस्थामा धेरै पछि लागे। पसल खोलेपछि केही पछी बाहिर निस्के। ८ वर्ष भयो एनआरएनमा लागे। पहिला उनी कान्तु क्षेत्रको सल्लाकार भए। त्यसपछि एनसीसी जापानको सल्लाकार भए। हुदै आइसीसी सदस्य हुदै यसीया प्यासीफिकको उप संयोजक भए। अब आउने निर्वाचनमा सहकोषअध्यक्षको तयारी थालेका छन्।
‘३० वर्षअघि जापान छिर्दा केही समय काम गर्छु र अलिकति पैसा कमाएर नेपालै फर्किन्छु भन्ने नै थियो। तर पछि फेरि लाग्यो, नेपालको अवस्था त उस्तै हो। किन फर्किने भन्ने पनि भयो’ उनले भने ‘यता पनि कमाउन त गाह्रै थियो। तर विद्यार्थी भिसा लिएर पछि त्यसलाई पनि कामदार भिसामा कन्भर्ट गरें। अनि काम थालें।’
साथीहरू पनि भन्थे ‘नेपालै फर्किनुपर्छ…’
भनेजस्तो कहाँ के पो हुन्छ र!
केही महिनाका लागि भनेर जापान पुगेका ददिवललाई लागिसकेको थियो- अब यतै केही गर्छु।
यतैको भाषा पढ्दापढ्दा उनले अब जापानमा अलि लामो यात्राको कल्पना गरिसकेका थिए। पढ्दापढ्दा अलि समय बस्ने उपाय खोजे। त्योसँगै बसाइँ त यति लम्बियो कि सारा जीवनको सारा उर्जाशील पलहरू त जापानमै बिते।
त्यसैको फल हो आज जापानमा उनी एक सफल नेपाली व्यवसायीको चिनारीमा दरिएका छन्।
समाजसेवाको यात्रा
जापानमा जीवनको यात्रा सुरु गर्दैगर्दा धेरै नेपाली थिएनन्। न नेपालीलाई गाँस्ने कुनै संघसंस्थाहरू नै थिए। त्यो बेलामात्रै होइन, त्यसअघि पनि नेपाली पाइलाहरू विश्वका धेरै देशमा पुगिसकेका थिए। धेरै देशमा नेपाली थिए। तर कोही कसैसँग गाँसिएको थिएन।
नेपालीको त्यो माला गाँस्ने सपना बोकेको ‘गैरआवासीय नेपाली संघ’ (एनआरएनए)को गर्भरचना हुँदै गर्दा उनी जापनमा दरिइसकेका थिए। विदेशी भूमिमा आफ्ना खुट्टाहरू टेकिसकेका थिए।
नेपालीलाई परेका दु:खहरूमा उनले साथ बढाइरहेका थिए। आफ्नो जिल्ला अनि गाँउठाउँका लागि के गर्नुपर्छ भन्ने योजना बनाइरहेका थिए। व्यवसायसँगै उनले आफू जन्मिएको ठाउँमा पनि आफूलाई पुर्याइरहेका थिए। त्यो सामाजिक काम थियो।
उनी जन्मिएको जिल्लालाई जोड्ने म्याग्दी प्रवासी नेपाली संघ ‘मोना’ संस्थामा गाँसिएर उनी आफ्नो गाउँठाउँका लागि केही गर्न कस्सिए। जापानमै रहेका नेपालीको दु:ख-सुखमा पनि साथ अनि सहयोगका हातहरू अघि बढाए।
यो संस्थामा उनी अहिले वरिष्ठ उपाध्यक्ष छ। र, यहाँ पनि उनले जिम्मेवारी बढाउँदैछन्। माहोल मिले ‘मोना’मा उनी अध्यक्ष बन्नेछन्।
एनआएरले विश्वभरि आफ्नो सञ्जाल फैलाउँदै गर्दा उनी आठ वर्षअघिमात्रै एनआरएनएको अभियानमा गाँसिएका हुन्।
आफ्नै करियरमा लाग्दा लाग्दै खड्का एनआएएनएमा ढिला गरी जोडिए। १८ वर्ष जागिर त्यसपछि आफ्नो व्यवसाय सुरु गरेका उनी १८ वर्ष काम गर्दासम्म कुनै नेपाली समुदायमा खासै परिचित थिएनन्।
२००८ मा व्यवसाय सुरु गरेको करिब ५ वर्षसम्म पनि नेपाली समुदायसँग सम्पर्कमा उनी आएनन्। गैर आवासीय नेपाली संघमा जोडिएको ८ वर्षजति भएको छ।
‘म एनआएएनएमा जोडिएको ८ वर्षजति भयो। सुरुमा साथीहरूले संस्थाको सल्लाहकारमा राखेपछि म एनआएरएनएको सदस्य भएँ’ उनी भन्छन् ‘त्यसअघि त आफ्नै काममा थिएँ। व्यापार, व्यवसायबाट फुर्सद थिएन। आफ्नै काममा रमाइरहेको थिएँ। सकेजति, आफूलाई थाहा भएजति सामाजिक काममा पनि जोडिएँ।’
राम्रो काममा लागि संघसंस्थामा छिरेर राजनीति गर्नैपर्छ भन्ने पनि कहाँ छ र!
एनआरएनएमा गाँसिएपछि सुरुमा उनी जापानकै(एनसिसी)को सल्लाहकार भए। त्यसपछि अहिले उनी आइसिसीका सदस्य छन्। अर्थात् एनआरएनए केन्द्रीय समितिमा।
त्यस्तै उनी नेपाली ब्यवसायी संघ जापानमा वरिष्ठ उपाध्यक्ष, र अहिले एनआरएन आइसीसीका एशिया उपसंयोजक पनि हुन्।
सिंगो जावनी जापानमै बित्यो। उमेरको उर्जा आफैलाई उभ्याउन अनि त्यसपछि आफ्नो व्यापार र व्यवसाय सम्हाल्न अनि त्यसको सम्वर्द्धनमा बित्यो।
अब उनी सामाजिक संघसंस्थामार्फत आफूलाई चिनाउन चाहिरहेका छन्। हरेक अभिभावकले सन्नतीको भविष्यका लागि आफ्नो सिङ्गो जीवन संघर्षमा होमिदिन्छन्। उनले पनि त्यही गरे।
अब जीवनमा केही चाहिएको छैन। छोराहरू अमेरिका र जापानमै ‘सेट’ भइसकेका छन्। आफ्नो खुट्टामा उभिने भइसकेका छन्। जिम्मेवारीको एउटा काँध अब हलुको भएको छ।
यसैलाई अब उनले समाज अनि आफै जन्मेको जन्मभूमिका लागि अर्पण गर्न चाहन्छन्।
अब एनआरएनएमा आफ्नो जिम्मेवारीलाई अलिक बढाउन खोजेका ददिवल अब ‘सहकोषाध्यक्ष’का लागि तयारी गरिरहेका छन्। आगामी अक्टाेबरमा एनआरएनएको निर्वाचन हुँदैछ।
‘अब आफ्नै देशका लागि। नेपाल र नेपालीका लागि केही गर्न चाहन्छु’ ददिवल भन्छन् ‘यो पद ठूलो कुरा होइन। त्यसबाट मैले आफ्नो जन्मभूमिका लागि केही गर्न सकूँ भन्नेमात्रै हो।’