मनिलाको एक घरमा आगलागी हुँदा १५ जनाको मृत्यु

फिलिपिन्सको कपडा कारखानाका लागि प्रयोग गरिएको एक घरमा बिहीबार आगलागी हुँदा तीन वर्षीय बालकसहित १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

स्थानीय अग्नि नियन्त्रक वरिष्ठ सुपरिटेन्डेन्ट अरस्तु बानागाले एक पत्रकार सम्मेलनमा मनिलास्थित दुई तले भवनमा स्थानीय समयअनुसार बिहान पाँच बजे आगलागी भएको जानकारी दिए।

नगरप्रमुख जोय बेलमोन्टेका अनुसार आगलागीको समयमा १८ जना घरभित्र थिए। ‘उक्त आगलागीमा परेका तीन जनाले भागेर ज्यान बचाएका तर बाँकीको मृत्यु भएको छ,’ उनले भने। 

प्रकाशित मिति: : 2023-09-01 05:39:00

प्रतिकृया दिनुहोस्