अनेरास्ववियु जुम्लाको १० औँ जिल्ला अधिवेशन सम्पन्न 

नेकपा एमाले निकट अनेरास्ववियु जुम्लाको १० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रतननाथ याेयीकाे अध्यक्षतामा ३७ सदस्यीय समिति निर्वाचित गरेकाे छ। 

अधिवेशनकाे उद्घाटन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले गरेका थिए। अधिवेशनको उद्घाटन गर्दै उनले जनताका छोरा र छोरी यो राष्ट्र प्रमुख हुने व्यवस्था ल्याउलन अनेरास्ववियुले आन्दोलनकाे अग्रमाेर्चामा अग्रणी भूमिका निर्वाह गरेकाे बताए। 

'सामाजिक विकृति र अनियमितता विरुद्धको भण्डाफोर अभियानलाई अघि बढाउनु हाम्रो दायित्व हाे,' उनले भने, 'अनेरास्ववियु हरेक विकृति र विसंगति लगायत जनजिविकाका सवालमा बाेल्छ , संघर्ष गर्छ।'

नेकपा एमालेका केन्द्रीय सदस्य रतननाथ योगीले आफू पनि विद्यार्थी संगठनबाटै आएकोले संगठन प्रतिको माया तीब्र रहेको बताए। 

'संगठनलाई चुस्त, दुरुस्त र अब्बल बनाउन सारथीको भुमिका निर्वाह गर्न तयार छु,' उनले भने, 'हरेक अग्रगामी परिवर्तनमा विद्यार्थी आन्दोलनकाे भूमिका उल्लेखनीय छ। त्याे अनेरास्ववियु जुम्लाले इतिहासदेखि हालसम्म गर्दै आएकाे छ।'

गुणस्तरीय शिक्षा, सामाजिक विकृतिको विरुद्धको आन्दोलन घनिभुत बनाउने निर्णय गर्दै १० वर्ष पछि भएकाे जिल्ला अधिवेशन सम्पन्न भएकाे अनेरास्ववियुका केन्द्रीय सदस्य विराज भण्डारीले बताए। 

उनका अनुसार उपाध्यक्षमा लोकेन्द्र बुढा र अनिल जङ महत, सचिवमा धनराज बुढा, सह, सचिवमा बिन बहादुर रावत, कैलास सुनार, हिर बहादुर रोकाया, नन्द राज खत्री र कोषाध्यक्षमा कृष्णमाया भण्डारी सर्वसहम रुपमा निर्वाचित भएका छन्।

प्रकाशित मिति: : 2023-08-28 07:50:00

प्रतिकृया दिनुहोस्