पार्टीको विवाद विधानअनुसार नै समाधान गर्नुपर्छ: आरजु राणा

बिएल संवाददाता

सुदूरपश्चिम
BreaknLinks
BreaknLinks

नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा. आरजु राणा देउवाले पार्टीभित्र जति ठुलो विवाद भए पनि पार्टीको विधिविधानभित्रै बसेर समाधान खोजिनुपर्ने बताएकी छन्।

आज धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै प्रधिनिधिसभा सदस्य डा. राणाले भनिन्, ‘जुनसकै पनि जीवन्त पार्टीभित्र विवाद उत्पन्न हुन्छ, त्यो नेपाली कांग्रेसमा पनि हुनसक्छ। तर, त्यस्ता विवादलाई झन् चर्काउने होइन कि पार्टीकै विधिविधानभित्र बसेर सबै विवादहरूको समाधान खोज्नुपर्छ।’

उनले देश, पार्टी र जनताका लागि आफूले के गरिरहेको छु भनेर मनैदेखि सोच्नुपर्ने सुझाव कार्यकर्तालाई दिइन्। उनले भनिन्, ‘म मात्रै हुँ, म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना सबैले त्याग्नुपर्छ।’

प्रकाशित मिति: : 2023-08-21 18:16:00

प्रतिकृया दिनुहोस्