उपप्रधानमन्त्री खड्कासँग थाइल्यान्ड र म्यान्मारका नेपालीहरूको भेट

थाइल्यान्ड र म्यान्मारमा रहेका नेपालीभाषीहरूको प्रतिनिधिमण्डल थाई नेपाली संघले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेकाे छ।

रक्षा मन्त्रालयमा भएको भेटमा थाई नेपाली संघका पदाधिकारीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष आफ्ना पुर्खा पनि नेपाली भएको र धेरै वर्षदेखि विदेशमा रही सोही देशको नागरिकका रुपमा काम गरिरहेको बताएका छन्।

उनीहरूले आफूहरू नेपालीकै सन्तान भएको भन्दै पहिचान खुल्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

भेटमा थाई नेपाली संघका प्रतिनिधिहरूले आफूहरूलाई नेपाल आवतजावत गर्न पाउने तथा गैर आवासीय नेपालीको परिचयपत्र उपलब्ध गराउन आग्रह गरेका छन्।

उपप्रधानमन्त्री खड्काले यस विषयमा आफ्नो गम्भीर ध्यानआकर्षण भएको भन्दै संविधानको परिधिभित्र रहेर यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने आश्वासन दिएका छन्।

प्रकाशित मिति: : 2023-08-21 16:11:00

प्रतिकृया दिनुहोस्