बङ्गलादेशको चालु घाटा तीन अर्ब तीस करोड अमेरिकी डलर

सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म चलेको आर्थिक वर्ष २०२२-०२३ मा बङ्गलादेशले करिब तीन अर्ब ३० करोड अमेरिकी डलरको चालू घाटा व्यहोरेको बङ्गलादेश बैंकका एक अधिकारीले आइतबार बताएका छन्।

केन्द्रीय बैंकका एक अधिकारीले सिन्ह्वालाई बताएअनुसार तथ्याङ्कले आर्थिक वर्ष २०२२-०२३ मा  तीन अर्ब ३० करोड ३४ लाख डलरको घाटा देखाएको छ। अघिल्लो वर्ष उक्त घाटा चार अर्ब ४० करोड  ७५ लाख डलर रहेको थियो।

यद्यपि रेमिटेन्सले बङ्गलादेशलाई चालू खाता घाटाको प्रभाव र मध्यम निर्यात आय वृद्धिको प्रभावलाई कम गर्न मद्दत गरेको छ।

अधिकारीका अनुसार आर्थिक वर्ष २०२२-२३ मा १०० भन्दा बढी देश र क्षेत्रमा बसोबास गर्ने र काम गर्ने करिब एक करोड बङ्गलादेशीबाट २१ अर्ब ६१ करोड डलर विप्रेषण भित्रिएको छ।

सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको अवधिमा दक्षिण एशियाली मुलुकको आयात भुक्तानी १५.७६ प्रतिशतले घटेर ६९ अर्ब ५० करोड डलर रहेको छ भने निर्यातबाट हुने आम्दानी ६.२८ प्रतिशतले वृद्धि भई ५२ अर्ब ३४ करोड डलर पुगेको छ।
 

प्रकाशित मिति: : 2023-08-20 19:52:00

प्रतिकृया दिनुहोस्