लाओसमा डेंगीबाट संक्रमितकाे संख्या २० हजार ९३६ पुग्यो– १४ जनाको मृत्यु

लाओसमा डेंगु ज्वरोका घटनामा जनवरीदेखि हालसम्म २० हजार ९३६ पुगेको छ। ती संक्तमित मध्ये १४ जनाको मृत्यु भएको लाओको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको सूचना तथा शिक्षा केन्द्रले बिहीबार जारी गरेको प्रतिवेदनमा सबैभन्दा बढी ओडोम्क्से प्रान्तमा ४ हजार १६१, खम्मुआन प्रान्तमा ३ हजार ८२ र लुआङ प्राबाङ प्रान्तमा २ हजार २ सय ५० जनामा संक्रमण देखिएको पाइएको छ। 

यसैगरी, डेंगुका कारण बोलिखाम्क्से प्रान्तमा पाँच, सवान्नाखेत र लाओको राजधानी भेन्टियानमा दुई–दुई र ओडोम्क्से, खम्मुवान, जायाबोरी, अटापेउ र भेन्टियाने प्रान्तमा एक–एक गरी १४ जनाको मृत्यु भएको जानकारी गराइएको छ।

विशेष गरी वर्षाको मौसममा डेंगु फैलाउने लामखुट्टे पानी जमेको ठाउँमा बस्ने गरेको पाइएको छ। 

प्रकाशित मिति: : 2023-08-18 06:25:00

प्रतिकृया दिनुहोस्