विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको निरन्तर सुदृढीकरण खोजिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। मस्कोमा आयोजित अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी ११ औं सम्मेलनमा मङ्गलबार उनले सो धारणा राखेका हुन्।
बहुध्रुवीयतातर्फ विश्वव्यापी परिवर्तनको चर्चा गर्दै पुटिनले भने 'अधिकांश देशहरू आफ्नो सार्वभौमसत्ता दाबी गर्न र आफ्नो राष्ट्रिय हित, परम्परा, संस्कृतिको रक्षा गर्न तयार छन्।'
रूसी नेताको धारणा छ - बहुध्रुवीय विश्व व्यवस्थाले अन्ततः 'स्थिर र दिगो विश्वव्यापी विकास'मा योगदान पुर्याोउँछ र दबाबमा रहेका सामाजिक, आर्थिक, प्राविधिक र वातावरणीय चुनौतीहरूको समाधान गर्न मद्दत गर्दछ।
उनले भने, -हाल विश्वभर नयाँ द्वन्द्व उक्साउने र विद्यमान द्वन्द्वलाई बढाउने प्रयास गर्नेहरूले राष्ट्रहरूलाई विभाजन गरेर शक्तिकेन्द्रको आज्ञाकारी बनेको र अन्य राज्यहरूको स्रोतको दोहन गरेर 'मानव त्रासदीबाट फाइदा लिन खोजिरहेका छन्।'
संयुक्त राज्य अमेरिकाले एशिया-प्रशान्त क्षेत्रमा अन्तरराज्यीय सम्बन्धको विद्यमान प्रणालीलाई उपयुक्त ठान्दै पुनर्संरचना गर्ने इच्छा राखेको छ र वाशिङ्गटनको इन्डो-प्यासिफिक रणनीतिहरू अमेरिकी नेतृत्वमा सैन्य र राजनीतिक संघहरू गठन गर्ने उद्देश्यले मात्र अभिप्रेरित रहेको पुटिनको धारणा छ।