म्यान्मारको जेड खानी पहिरोमा बेपत्ता १९ जनाको शव फेला

म्यान्मारको उत्तरी काचिन राज्यमा रहेको जेड खानीमा गएको पहिरोमा परी ज्यान गुमाएका मध्ये मङ्गलबार दिउँसोसम्म १९ जनाको शव निकालिएको छ।

‘स्थानीय समय अनुसार मङ्गलबार दिउँसो २ः३० बजेसम्म १९ वटा शव निकालिएको थियो। मृतक सबै पुरुष रहेको पाइएको छ। खोजी र उद्धार कार्य जारी छ,’ हपाकान्त प्रहरी चौकीका एक प्रहरी अधिकारीले  बताएका छन्।

दिउँसो ३ बजेतिर पहिरो गएको हो। स्थानीय समय अनुसार आइतबार म्यान्मारको जेड उद्योगको केन्द्र हपाकान्तको माना गाउँ नजिकैको जेड खानीमा ३० जनाभन्दा बढी मानिस बेपत्ता भएका थिए।

घटनास्थलमा सोमबारदेखि विभिन्न उद्धार संस्थाले खोजी तथा उद्धार कार्य गरिरहेको स्थानीय उद्दारकर्ताले बताएका छन्।

प्रकाशित मिति: : 2023-08-16 05:48:00

प्रतिकृया दिनुहोस्