भीडन्तमा पाकिस्तानमा ४ आतङ्कवादी र एक सैनिकको मृत्यु

बिएल संवाददाता

इस्लामावाद
फाइल तस्बिर
फाइल तस्बिर

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीच भएको भीडन्तमा चार आतङ्ककारी र एक सैनिकको मृत्यु भएको छ। घटना शनिबार रातिदेखि आइतबार बिहानसम्म भएको बताइएको हाे।  

प्रान्तको बाजौर जिल्लामा आधारित कारबाहीका चलेको सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले विज्ञप्तिमार्फत जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, 'अपरेसनको क्रममा सुरक्षा बल र आतङ्ककारीहरू बीच तीव्र फायरिङ आदानप्रदान भएको थियो।'

सुरक्षा बलहरूले आतङ्ककारीहरूबाट आत्मघाती भेस्ट सहित हतियार, गोला बारूद र विस्फोटक पदार्थहरू बरामद गरेको  छ।

मारिएका आतङ्ककारीहरू यसअघि पनि थुप्रै आतङ्ककारी गतिविधिमा सक्रिय रहेको बुझिएको छ।

प्रकाशित मिति: : 2023-08-14 05:42:00

प्रतिकृया दिनुहोस्