अफगानिस्तानको जेलमा १६ विदेशी बन्दी

अफगानिस्तानको जेलमा १६ जना विदेशी नागरिकलाई थुनामा राखिएको सरकारी समाचार एजेन्सी बख्तरले आइतबार उल्लेख गरेको छ।

'पाँच महिला सहित १६ जना विदेशी नागरिक  त्यहाँको जेलमा राखिएको छ,' बख्तरले जेल अधिकारी मोहम्मद युसुफ मेस्तारीलाई उद्धृत गर्दै जनाएको छ।

अफगानिस्तानको जेलमा १६ विदेशी र १ हजार १९४ महिलासहित १६ हजारभन्दा बढी बन्दी रहेको समाचार एजेन्सीले  सार्वजिनक गरेको हो। जेलमा रहेका विदेशी बन्दीहरू कुन–कुन देसखा हुन् भन्ने बने सार्वजिन गरिएको छैन्।

तर अधिकारीहरूले बन्दीहरू अपराधमा संलग्न रहेको भन्दै कुनै पनि राजनीतिक  बन्दी नरहेको स्पष्ट पारेको छ।

प्रकाशित मिति: : 2023-08-14 05:24:00

प्रतिकृया दिनुहोस्