सडक दुर्घटनामा एकै परिवारका आठ जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर

बिएल संवाददाता

इस्लामावाद
सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

पाकिस्तानको लेयाहमा भएको सडक दुर्घटनामा आठ जनाको ज्यान गएको छभने अन्य छ जना गम्भीर घाइते बनाएका छन्। 

यात्रु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिँदा एकै परिवारका आठ सदस्यको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य छ जना गम्भीर घाइते भएका उद्धारकर्मीहरूले बताएका छन्।

घाइतेरूलाई चोबराको तहसील मुख्यालय अस्पताल पुर्याइएको छ।  

हालै खनेवलको पुलबाट यात्रुवाहक बस खस्दा कम्तीमा छ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए। विपरीत दिशाबाट तीव्र वेगमा आएको मोटरसाइकललाई जोगाउन  खोज्दा बस नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका थिए।

नियमित मर्मतसम्भार नगरिएका  सडक तथा सवारी साधान, सवारी नियमको वेवास्ता, चालकहरूको लापरवाहीका कारण पाकिस्तानमा हरेक दिन घातक दुर्घटना हुने गरेका छन्। 

प्रकाशित मिति: : 2023-08-11 06:20:00

प्रतिकृया दिनुहोस्