मोरक्को : बस दुर्घटनामा २४ जनाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

मोरक्कोको मध्य प्रान्त अजिलालमा आइतबार भएको सडक दुर्घटनामा परी २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 

डेमनेट शहरको एक साप्ताहिक बजारका लागि यात्रु बोकेको मिनीबस मोडमा पल्टिँदा उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएकाे छ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। मोरोक्को र अन्य उत्तर अफ्रिकी मुलुकका सडकमा अत्यधिक दुर्घटनाहरू हुने गरेका छन्। वर्षेनी हजारौं सडक दुर्घटनाहरू हुँदा हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन्। 

गत मार्चमहिनामा मोरक्को ब्राचौआको ग्रामीण शहरमा मिनीबस अनियन्त्रित भई रुखमा ठोक्किँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। 

यहाँका धेरै गरिब नागरिकहरूले ग्रामीण क्षेत्रमा यात्रा गर्न ठूला बस र मिनीबसहरू प्रयोग गर्छन्।

गत वर्षको अगष्टमा मोरक्कोको आर्थिक राजधानी कासाब्लान्काको पूर्वमा एउटा बस पल्टिँदा २३ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए।

राष्ट्रिय सडक सुरक्षा एजेन्सीका अनुसार मोरक्कोमा हरेक वर्ष औसत तीन हजार ५०० व्यक्तिको सडक दुर्घटनाबाटबाट मृत्यु हुने गरेको र १२ हजार व्यक्ति घाइते हुने गरेका छन्। 

पिछिल्लो बर्ष यो तथ्याङ्क करीब तीन हजार २०० रहेको थियो। 

सन् २०१२ मा देशको इतिहासकै सबैभन्दा खराबमध्येको एक बस दुर्घटनामा परी ४२ जनाको मृत्यु भएपछि अधिकारीहरूले सन् २०२६ सम्ममा मृत्युदर आधा गर्ने तयारी गरेका थिए।

प्रकाशित मिति: : 2023-08-07 05:45:00

प्रतिकृया दिनुहोस्