म्यान्मारकाे सैनिक सरकारले ६ महिना थप्याे संकटकाल

बिएल संवाददाता

रंगुन, म्यान्मार

म्यान्मारको सैनिक सरकारले संकटकालीन अवस्थालाई लम्ब्याउँदै आम निर्वाचन तन्काइरहेकाे छ।

संविधानतः संकटकालीन अवस्था अन्त्य भएको ६ महिनाभित्र आम निर्वाचन गराउनुपर्छ। तर सैनिक सरकारले त्यसाे गरिरहेकाे छैन।

आगामी अगस्टमा आम निर्वाचन गराउने वाचा गरेको म्यान्मारको वर्तमान सैनिक सरकारले आइतबार संकटकाल थप ६ महिना लम्ब्याएको छ।

म्यान्मार परिषद्का कार्यवाहक अध्यक्ष मिन्ट स्वेले साेमबारदेखि ६ महिनासम्म सङ्कटकाल थपिएको घोषणा गरेका छन्।

देशको दुई वर्षअघि प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको सरकारलाई अपदस्थ गरेयता त्यसको विरोधमा उत्रेकाहरूमाथि व्यापक धरपकड एवम् दमन गरेको छ भने समग्र देश रक्तपातपूर्ण हिंसाको चपेटामा परेको छ।

सैनिक शासनविरुद्धको आन्दोलनमा सयौँ सर्वसाधारण मारिएका छन् भने हजारौँ घाइते भएका छन्।

प्रकाशित मिति: : 2023-08-01 05:47:00

प्रतिकृया दिनुहोस्