आगामी नेतृत्वमा एसियाले मध्यपूर्वलाई साथ दिनुपर्छ : प्रविण गुरुङ

बिएल संवाददाता

क्वालालम्पुर
File Photo
File Photo

गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सचिव प्रविण गुरुङले अब एनआरएनएको नेतृत्व मध्यपूर्वलाई दिनुपर्ने बताएका छन्।

एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै सचिव गुरुङले अब संघको नेतृत्व मध्यपूर्व पाउनुपर्ने माग गरे।

‘अब नेतृत्व गर्ने पालो मध्यपूर्वको हो। यो स्वभाविक हो,’ उनले भने, ‘एसिया क्षेत्रले पनि यसपटक मध्यपूर्वलाई सहयोग गर्नुपर्छ।’

एनआरएनए अभियानलाई आजको दिनसम्म ल्याउन मध्यपूर्व तथा एसियाली मुलुकमा कार्यरत नेपालीहरुको भूमिका ठूलो रहेको स्मरण गर्दै उनले अबको पालो मध्यपूर्वको भएको दावी गरे।

‘खाडी तथा एसियाली मुलुकमा हरियो पासपोर्ट लिएर बस्ने लाखौं नेपालीले एनआरएनए अभियानमा ठूलो सहयोग पुर्याएका छन्। देशमा विपत् पर्दा होस् वा देशको अर्थतन्त्र चलायामान गराउन,’ उनले भने।

दुई दशकको इतिहासमा मध्यपूर्वबाट धेरै व्यक्तिहरुले आइसीसीमा प्रतिनिधित्व गरेपनि नेतृत्व गर्ने मौका नपाएकाले यसपटक मध्यपूर्वलाई सबै क्षेत्रले सहयोग गर्नुपर्ने उनको भनाइ छ।

‘अब हाम्रो सपना भनेको नेतृत्व गर्ने हो। सपना पूरा गर्न तपाईंहरु सबैले सहयोग गर्नुहोस्,’ उनले भने, ‘आरके शर्मालाई अध्यक्ष बनाएर मध्यपूर्वले इतिहास रच्नुपर्छ।‘

प्रकाशित मिति: : 2023-07-30 17:40:00

प्रतिकृया दिनुहोस्