थाइल्यान्डमा ‘गाँजाको कफी’ पिउँदा एक विदेशीको मृत्यु

बिएल संवाददाता

बैंकक, थाइल्यान्ड
Nation Thailand

थाइल्यान्डको चर्चित पर्यटकीयस्थल पटायाको ‘गाँजा क्याफे’मा कफी पिएपछि विदेशी नागरिक हमाद अल्ब्लेहेरको मृत्यु भएको छ।

पटाया फुटपाथको गाँजा क्याफेभित्र कफी पिएलगतै ती विदेशी नागरिक ढलेको कफी हाउसका कर्मचारीहरूले बताएका छन्।

कफी पिउँदै गर्दा पल्टिएका उनलाई त्यहाँका कर्मचारीहरूले उठाउन खोजे। तर हमाद छट्पटाइरहे। उनीहरूले तुरुन्तै आपतकालीन सहायता मागेर अस्पताल लैजाँदै गर्दा ती विदेशी नागरिकको मृत्यु भएको पटाया पर्यटन प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार हमादले ढल्नुअघि अचानक आफूलाई सास फेर्न गाह्रो भएको गुनासो गरेको कर्मचारीहरू बताउँछन्।

परिचय खुलेपनि राष्ट्रियता नखुलाइएका हमादको आइतबार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

पसलका कर्मचारीले प्रहरीलाई बताएअनुसार उनी नियमित रुपमा पटायाको ‘गाँजा क्याफे’मा आउँथे। उनले सधैँ गाँजाको कफी र एक गिलास पानी अर्डर गर्थे। तर उनले गाँजा भने लिँदैनथे।

हमादले अरुबेलाझैँ आइतबार पनि कफी र पानी मागेका थिए। उनले त्यतिखेर गाँजाको कफी पिएपनि अर्डर गरेको गाँजाको पानी भने पिउनै नपाइ ढले। पटाया प्रहरीले कफी हाउसमाथि छानबिन सुरु गरेको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: : 2023-07-30 15:34:00

प्रतिकृया दिनुहोस्