छोरा बितेपछि बुहारीलाई ‘यौन सम्पर्कका लागि दबाब’ दिने ससुरा पक्राउ

बिएल संवाददाता

हरियाना (भारत)

छोराको मृत्यु भएपछि बुहारीलाई ‘यौन सम्पर्कका लागि दबाब’ दिँदैआएका भारतीय ससुरा बसाऊ रामलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ।

हरियाना राज्यको जींद जिल्लास्थित नरवाना गाउँकी पीडित एकल महिलाले ससुराबाटै यौनजन्य क्रियाकलापका लागि फकाउने, दबाब दिने वा धम्काउने काम भइरहेको भन्दै स्थानीय प्रशासन गुहारेकी थिइन्।

‘मैले अघिल्लो वर्ष श्रीमान गुमाए। मेरा छोरीछोरी छन्। ससुरासँग बस्दैआएकी छु। तर उहाँसँग यौन सम्पर्क राख्न इन्कार गरेपछि ममाथि कुटपिट गरियो। मलाई मार्ने धम्की दिइयो,’ पीडित महिलाले प्रहरी चौकीमा भनेकी छिन्।

श्रीमान गुमाएको पीडाबाट छट्पटाइरहेकी बुहारीमाथि नराम्रो नजर लगाउने ससुरा बसाऊ रामलाई प्रहरीले नियन्त्रणमा लिइसकेको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: : 2023-07-30 07:56:00

प्रतिकृया दिनुहोस्