बलिउड अभिनेत्री तथा पूर्व युनिवर्स हुन्, सुष्मिता सेन। आफ्नो आकर्षक अनुहार र अभिनयको कारण चर्चामा आएकी उनी फिटनेशको कारण पनि निकै चर्चामा छिन्। झण्डै पाँच दशक पुग्न लागेकी उनी फिटनेशको मामलामा जवान हिरोइनहरू समेत मात दिन्छिन्। सोसल मिडियामा सक्रिय उनी आफ्नो फिटनेशको बारेमा सेयर गरिरहन्छिन्। त्यसैले आज हामी चर्चा गर्नेछौँ फिटनेश अभिनेत्रीको सुस्मिता सेनको बारेमा–
स्वीमिङ गर्न रुचाउँछिन्, सुस्मिता:
मिडिया रिर्पोटका अनुसार सुस्मिता स्वीमिङ गनृ रुचाउँछिन्। उनी स्वीमिङ गर्दा रमाउँछिन्। स्वीमिङ मूड मात्र फ्रेश बनाउँदैन, यसले शरीरको एक्सरसाइज गराउँछ। मांसपेशी बलियो बनाउनका साथै शरीरलाई एक्टिभ राख्दछ।
योगा पनि छ उनको फिटनेशको सामिल:
सुस्मिताले योगालाई पनि आफ्नो फिटनेशमा सामिल गरेकी छिन्। आफूले गरेको योगाको भिडियो उनले सोसल मिडियामा सेयर गरिरहेकी हुन्छिन्। जगिङ गर्नमा रुची राख्ने उनी बक्सिङ गर्न मन पराउँछिन्।
डाइटलाई विशेष ध्यान दिन्छिन्:
आफ्नो शरीरलाई सन्तुलन राख्नका दागि उनी जिम जान्छिन्। वर्कआउट बाहेक उनी डाइटलाई विशेष ध्यानमा राख्छिन्। उनी बिहानको सुरुआत अदुवा चियाले गर्छिन्। त्यसका साथै उनी आफ्नो डाइटमा भेजिटेबल जूस र अण्डा सामेल गर्छिन्।