पदमुक्त भएपछि उद्धव थापाले भने– नयाँ प्रक्रियाबाट फेरि सरकार बनाउँछाैँ

फाइल तस्विर
फाइल तस्विर

सर्वोच्च अदालतको आदेशपछि कोशी प्रदेशको मुख्यमन्त्रीबाट पदच्युत भएका नेपाली काँग्रेस काेशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पुन: सरकार गठनको प्रक्रियामा जाने बताएका छन्।

बिहीबार दिउँसो सर्वोच्चको आदेशपछि पदमुक्त भएलगत्तै बिएल नेपाली सेवासँग कुराकानी गरेका थापाले भने, ‘फेरि सरकार गठनको प्रक्रिया सुरु गर्छाैँ।’

नयाँ सरकार गठनको लागि सभामुखबाहेक बहुमत पुर्‍याउने दाबी गरे।

तत्कालीन एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि थापा असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

सरकार गठनको लागि बहुमत नपुगेपछि सभामुखको मतसमेत लिएका उनको नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै बिहीबार नियुक्ति प्रक्रिया बदर गरिदिएको छ।

सर्वाेच्चले थापाकाे नियुक्त बदर गर्दै संविधानकाे धारा १६८ (२) बमाेजिमा नयाँ सरकार गठनकाे लागि सात दिन समय दिएकाे छ।

प्रकाशित मिति: : 2023-07-27 16:23:00

प्रतिकृया दिनुहोस्