श्रीलङ्कासँग पर्याप्त इन्धन छः मन्त्री

श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले श्रीलङ्कासँग पर्याप्त मात्रामा इन्धन रहेको बताएकी छन्।

राजधानी कोलम्बोमा पत्रकारसँग कुरा गर्दै विजसेकेराले आइतबार बिहानसम्म देशमा एक लाख ३३ हजार ९३६ मेट्रिक टन डिजेल र छ हजार १९२ मेट्रिक टन सुपर डिजेल रहेको जानकारी दिइन्। 

श्रीलङ्कासँग ३५ हजार ४०२ मेट्रिक टन ओक्टेन ९२, पाँच हजार ३६७ मेट्रिक टन अक्टेन ९५ पेट्रोल र ३० हजार १७३ मेट्रिक टन जेट इन्धन मौज्दात रहेको उक्त अवसरमा उनले बताइँन्।

श्रीलङ्काले आगामी महिना पुनः सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय गरेको छ, जुन यस वर्षको तेस्रो वृद्धि हो।

विदेशी मौज्दातको अभावका कारण पर्याप्त मात्रामा इन्धन खरिद गर्न कठिनाइ भएपछि श्रीलङ्काले गत वर्ष इन्धन कोटा लागू गरेको थियो।

प्रकाशित मिति: : 2023-07-24 06:13:00

प्रतिकृया दिनुहोस्