एनआरएनए कुवेतमा लामाकै निरन्तरता

गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले अध्यक्षमा रणध्वज लामालाई निरन्तरता दिँदै निर्विरोध कार्यसमिति चयन गरेको छ।

शुक्रबार सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले लामालाई अध्यक्षमा दोहोर्‍याउने निर्णय गरेको हो। कार्यसमितिका सबै पदमा निर्विरोध चयन गरिएको निर्वाचन समिति संयोजक सुजन केसी बताए।

अधिवेशनले कुवेतबाट आइसीसी सदस्यमा हरि लावतीलाई पठाउने निर्णय गरेको छ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा मानबहादुर तामाङ र होमनाथ गिरी चयन भएका छन् भने रमिता तामाङले महिला उपाध्यक्षको जिम्मेवारी पाएका छन्।

यसैगरी, दामोदर बटाला, विकास बहादुर सिंह र निरन्जन सिंह ठकुरी उपाध्यक्ष भएका छन्। महासचिवको जिम्मेवारी मनिश केसीलाई दिइएको छ।

सचिवमा विजय धामी र मनकुमार राई चुनिएका छन्। त्यस्तै, कोषाध्यक्षमा सोनाम लामा, सहकोषाध्यक्षमा जिवन निरौला, युवा संयोजकमा छेनाम तामाङ, महिला संयोजकमा सजिना गुरुङ, युवा सहसंयोजकमा छेनाम तामाङ र महिला सहसंयोजकमा मायादेवी राई पाण्डे चयन भएका छन्।

यसैगरी, निर्वाचित कार्यसमिति सदस्यहरूमा सुर्य कुमार लामा, दुर्गा कुमारी ओली, रुपक थापा, मोहम्मद आलम्गिर अन्सार, राजु पुनमगर, राजु धिमाल, प्रकाश राई, उमेश राई, अशोक साह सोनार, लाल बहादुर सुनुवार, सुब्बा फ्युबा तामाङ, पेमा दोर्जे लामा र चित्रबहादुर थापा रहेका छन्।

निर्वाचित कार्यसमितिका पदाधिकारीलाई संघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) ले सपथ खुवाएका थिए।

प्रकाशित मिति: : 2023-07-22 12:18:00

प्रतिकृया दिनुहोस्