नेपालको राष्ट्रिय ध्वजावाहक विमानलाई कुनै बेला ‘सुनचरी’ नामले समेत चिनिन्थ्यो । तत्कालीन समयमा ‘शाही नेपाल वायुसेवा निगम’ भनेर चिनिने राष्ट्रिय ध्वजावाहक विमान सेवालाई विक्रम सम्वत् २०५० को दशकमा ‘सुनचरी’ नामले समेत पुकार्नुको पछाडि सुन तस्करी काण्डमा प्रयोग हुनु नै हो ।
२०५५ सालमा गठित तत्कालीन संसदीय छानबिन समितिको रिपोर्टमा अन्तर्राष्ट्रिय उडान भर्ने शाही नेपाल वायु सेवा निगमको जहाजमार्फत सुन तस्करी हुने गरेको उल्लेख छ ।