एनआरएनए हङकङमा ढकाल दोस्रो पटक निर्विरोध

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको नेतृत्वमा गोकर्ण प्रसाद ढकाल दोहोरिएका छन्। आउँदो कार्यकालका लागि अध्यक्ष पदमा ढकालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन्।

ढकाल यसअघि पनि सहमतिमै अध्यक्ष बनेका थिए। अध्यक्षसहित अन्य सबै पदमा दोहोरो उम्मेदवारी नपरेछि सिंगो कार्यसमिति नै निर्विरोध चयन हुने भएको हो। यस्तै, उपाध्यक्षमा अनु राई र सन्तोष गुरूङ चयन भएका छन्।

महासचिवको जिम्मेवारी डिल्लीराम विश्कर्माले पाएका छन्। यस्तै सचिवमा मनोज सूर्यवशीं चुनिएका छन्। त्यस्तै, कोषाध्यक्षमा अर्जुन गौचन र सहकोषाध्यक्षमा रिना कनौजिया निर्वाचित भएका छन्। ईन्दर पुर्जा पुनलाई युवा संयोजकको जिम्मेवारी दिइएको छ भने महिला संयोजक कविता गुरुङलाई बनाइएको छ।

यसैगरी, कार्यसमिति सदस्यहरूमा विश्नाथ घिसिङ, मनिष लिम्बू, बर्दान गुरुङ, अशोक गुरुङ र मनोज गौतम चयन भएका छन्। एनआरएनए हङकङको अधिवेशन २३ जुलाइमा हुँदैछ।

प्रकाशित मिति: : 2023-07-17 11:26:00

प्रतिकृया दिनुहोस्