एनआरएनए बेल्जिमयको निर्वाचनमा सापकोटा विजयी

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको नेतृत्वमा सीता सापकोटा विजयी भएकी छिन्।

प्रतिद्वन्दी तिर्थराज धमलाई १६४ भोटले उछिन्दै सापकोटा अध्यक्ष पदमा विजयी भएकी हुन्।

२०७६ मतमध्ये सापकोटाको १११२ भोट ल्याइन भने धमला ९४८ मतमै चित्त बुझाउन बाध्य भए।

बेल्जियममा अध्यक्षबाहेक अन्य सबै पद सहमतिमा टुंग्याइएको थियो।

प्रकाशित मिति: : 2023-07-17 11:35:00

प्रतिकृया दिनुहोस्