'थाई–नेपाली'हरूले मनाए आदिकवि भानुभक्त आचार्यकाे जन्म जयन्ती (फाेटाे फिचर)

बिएल संवाददाता

बैंकक, थाइल्यान्ड
BreaknLinks
BreaknLinks

थाइल्यान्डका नेपालीभाषीहरूले 'आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती' मनाएका छन्।

बैंककमा रहेका नेपाली मूलका थाई नेपाली र बर्मेली नेपालीहरूले आदिकविको जन्म जयन्ती मनाएका हुन्।

थाइल्यान्डमा ठूलो सङ्ख्यामा नेपालीभाषी थाई र बर्मेलीहरू बस्छन्। उनै 'साहित्यिक मन'हरूले आादिकविकाे 'जन्म जयन्ती'लाई उत्सवका रुपमा मनाए।

आइतबार भानु जयन्तीलाई विशेष महत्त्व दिँदै नेपालीभाषीहरूले थाइल्यान्डमा 'नेपाली भाषा उत्सव' मनाएकाे बताउँछन्।

प्रवासी नेपालीहरूकाे एउटा ठूलाे चिन्ता छ– 'भाषा मेटिए हामी मेटिन्छौं'। नेपाली भाषा जर्गेना गर्न लागि परेका भाषाप्रेमीहरूले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती 'साहित्यिक र सांगीतिक' रुपमा पहिलो पटक बैंकक शाखामा मनाएका हुन्।

आइतबार बैंककमा आयाेजित 'भानु जयन्तीकाे विशेष उत्सव' थाई नेपाली संघ, बैंकक शाखा शिक्षा विभागले आयाेजना गरेकाे हाे। नेपालीभाषीहरूले समाराेहमा भानुभक्तका रचना पाठ गरे अनि गीत–संगीत र साहित्यिक रचनासमेत सुनाए।

प्रकाशित मिति: : 2023-07-16 18:39:00

प्रतिकृया दिनुहोस्