स्वास्थ्य क्षेत्रसँग प्रदेश सरकारले सहकार्य गर्छ: मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निजी क्षेत्रका स्वास्थ्य संस्थासँग प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन्।

धनगढीमा नवनिर्मित सौभाग्य हस्पिटल एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले निजी क्षेत्रमा तपाईंहरू अगाडि बढेमा प्रदेश सरकार साथ दिन तयार रहेको बताए।

‘प्रविधिले विश्वमा एक किसिमको वातावरण सिर्जना गरेको छ, नयाँ नयाँ प्रविधि र साधनस्रोत छन्, त्यो हुँदाहुँदै पनि हामीले हाम्रो ठाउँमा भनेजस्तो, सोचेजस्तो राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा पाउने सेवाबाट बञ्चित भएका छौँ’, उनले भने।

मुख्यमन्त्री शाहले थपे, ‘राज्यले महत्त्व दिँदादिँदै पनि राज्य त्यहाँसम्म पुग्न नसकेको अवस्था छ।’ त्यसकारण हामी सबै एकजुट भएर अगाडि बढ्नु जरुरी रहेको उनले बताए।

प्रकाशित मिति: : 2023-07-15 20:37:00

प्रतिकृया दिनुहोस्