जुम्लाकाे पातारासी गाउँपालिका–२ पेरेकाे दुगाडा पाटनमा चट्याङ परि ५० भेडा–बाख्रा मरेका छन् भने ७० वटा हराएका छन्।
बिहिबार दिउसो २ बजेतिर पाटन परेकाे चट्याङले ४२ वटा बाख्रा र ८ भेडा गरि जम्मा ५० वटा मरेकाे पातारासी गाउँपालिका भेट्नरी शाखा जुम्ला गगन केसीले जानकारी दिएका छन्।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार नेपालकाे सबै भन्दा बढि भेडा पालन हुने ठाउँ जुम्ला हाे। तर हरेक वर्ष जस्ताे पर्ने चट्याङका कारण ठुलो मात्रामा क्षति हुँदै आएकाे छ।