थाइल्यान्डकाे संसद्ले सकेन नयाँ प्रधानमन्त्री चुन्न

थाइल्याण्डको संसदले बिहीबार नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ।

प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरातले सांसदहरूबाट बहुमत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री चयन हुन नसकेको हो।

पाँच सय सदस्यीय तल्लो सदन र २५० सिनेटरको माथिल्लो सदनको संयुक्त अधिवेशनमा पिता प्रधानमन्त्रीका लागि मनोनित एक मात्र उम्मेदवार थिए तर उनको पक्षमा ३२४ मत मात्र परेको थियो। यो प्रधानमन्त्री बन्नका लागि आवश्यक ३७६ मतको साधारण बहुमतभन्दा कम थियो।

सांसदहरूबीच घन्टौं लामो बहसपछि मतदान भएको थियो। थाइल्याण्डमा गत मे महिनामा भएको आम निर्वाचनमा मुभ फरवार्ड पार्टी संसदको तल्लो सदनमा सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो।

प्रकाशित मिति: : 2023-07-14 05:56:00

प्रतिकृया दिनुहोस्