एनआरएनएकाे युवा उपाध्यक्षमा भारतीको उम्मेदवारी

फाइल तस्विर
फाइल तस्विर

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको युवा उपाध्यक्षमा डेगबहादुर भारती (सुमन)ले उम्मेदवारी घोषणा गरेका छन्।

वर्तमान कार्यसमितिमा युवा संयोजकको जिम्मेवारी निर्वाह गरिरहेका भारतीले आगामी कार्यकालका लागि युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

‘समाज सेवामा समर्पित युवाहरूको सहभागिता आजको आवस्यकता’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका भारतीले एनआरएनए कतारमा युवाहरूको सहभागिता बढाउने बताए।

एनआरएनए कतारको दशौं राष्ट्रिय महाधिवेशन २१ जुलाईमा हुँदैछ।

उनले विगतमा आफूले आर्जन गरेको अनुभव, ज्ञान र सीपलाई सदुपयोग गर्दे एनआरएनए कतारलाई एक सवल, गतिशील बनाउन भूमिका खेल्ने संकल्प समेत व्यक्त गरे।

भारतीले वैदेशिक रोजगारीका लागि कतारमा आएका नेपालीको हकहितका लागि पहल गर्ने अठोट पनि गरेका छन्।

रोजगारीका लागि सन् २००६ मा कतार पसेका भारतीसँग यसअघि विभिन्न संघ–संस्थामा काम गरेको अनुभव छ। उनी सन् २००७ मा नै एनआरएनए कतारमा आवद्ध भएका थिए।

मितेरी फिल्मस् सांस्कृतिक समूह, अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चलगायतका संस्थामा आवद्ध भएर काम गरेका भारतीले नेपाली कला संस्कृतिलाई विदेशी भूमिमा जर्गेना गर्न योगदान पुर्‍याएका छन्।
उनले नेपालबाट कलाकार बोलाएर कतारमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएका छन्।

प्रकाशित मिति: : 2023-07-13 12:01:00

प्रतिकृया दिनुहोस्