‘प्रधानमन्त्रीज्यू तिरङ्गा झण्डा उचाल्ने हो कि चन्द्र–सूर्य झण्डा ?

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारती सरदार प्रितम सिंहप्रति दिएको अभिव्यक्तिलाई लिएर संसदमा प्रश्न उठाएका छन्।

निरन्तरको अवरोधपछि सोमबार सुरु भएको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बास्कोटाले प्रधानमन्त्रीलनाई भारतीय झण्डा बोक्नुहुन्छ कि नेपाली भनेर प्रश्न गरेका छन्।

‘सेतो र चोली कालो र चोली कुन चोली सिएको? यो गीत मैले गाएको होइन, सम्झाइदिएको’ नामक गीत गाउँदै बास्कोटाले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंले तिरङ्ग झण्डा उचाल्ने हो कि चन्द्र सूर्य झण्डा उचाल्ने हो भन्नु पर्यो यो संसदमा।’

उनले नेपाली जनतालाई ‘हाम्रो प्रधानमन्त्री हामीले बनाएको हो भन्ने विश्वास दिलाउन समेत आग्रह गरे। उलने भारतले नेपालीमाथि गरेको निरन्तरको हमलता आफूहरुको लागि स्वीकार्य नभएको बताए।

प्रकाशित मिति: : 2023-07-10 16:35:00

प्रतिकृया दिनुहोस्