शनिबार, १२ जुलाई २०२५

सुटिङ खेललाई सरकारले बेवास्था गर्‍याे: पुष्पदास श्रेष्ठ (अन्तर्वार्ता)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2023-07-09 20:10:00
• • •

नेपालमा क्रिकेट, फुटबल र भलिबलजस्ता खेलहरु प्रख्यात छन्, जसकाे लागि सरकारले ठुलाे रकम विनियाेजन गरेकाे हुन्छ। तर, नेपालमा अन्य केही त्यस्ता सम्भावना बाेकेकाे खेलहरु पनि छन्। तर, ती खेलहरुमा सरकारकाे कुनै चासाे छैन।

यस्तै सरकारले बेवास्था गरेकाे खेलमध्ये सुटिङ पनि एक हाे। नेपालमा सुटिङ खेलकाे सम्भावना भए पनि सरकारले प्राथमिकतामा राख्न सकेकाे छैन। यसकाे खेलकाे लागि चाहिने बन्दुक, पेस्ताेल र विशेष ड्रेसहरुसमेत सरकारले जाेहाे गर्न सकेकाे छैन। यस्ताे अवस्थमा नेपालमा सुटिङ खेललाई कसरी विकास गर्न सकिन्छ ? भन्ने लगायत विषयमा रहेकाे नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठसँग बिएल नेपाली सेवाले कुराकानी गरेकाे छ।

प्रस्तुत, बिएल संवाददाता प्रतिस्णा रेग्मीले गरेकाे कुराकानी सम्पादित अंश :


सुटिङ संघको अध्यक्ष पदमा पुन: निवार्चित हुनु भएकोमा तपाईंलाई धेरै-धेरै बदाई छ।

धेरै-धेरै धन्यवाद।

तपाईंको यसअघिको तीन कार्यकाल कसरी बित्यो ?

धेरै संर्घषपूर्ण भयाे। याे खेलमा सरकारले बजेट छुट्याएकाे नै छैन। त्यसमाथि याे खेल एकदम महङ्गाे र खर्चिलाे छ। आज २० वर्ष भइसक्याे सरकारले सुटिङकाे लागि एउटा पनि बन्दुक किनिदिएकाे छैन।

आजभन्दा तीन वर्षअघि साफ खेल भएको थियो, जहाँ सरकारले सबै खेललाई खेल सामाग्री प्रदान गर्‍याे तर हामी सुटिङ संघलाई कुनै सामाग्री उपलब्ध गराएन। हामीलाई सरकारले त्यो बेला बजेट छैन भन्यो, हामी सुटिङ संघले त्यो कुराहरु म्यानेज गरेर आइरहेका छौँ। हामी आफैं सुटिङ संघकको साथी-भाइ मिलेर सामाग्री खरिद गरेर सरकारकाे सहयाेगबिना प्रतियाेगिताहरुमा खेलाडी पठाइरहेका छाैँ। सरकारले सुटिङ संघकाे लागि केही सहयाेग गरेकाे छैन। सबै हामीहरुले दु:ख गरेर म्यानेज गरिरहेका छाैँ।

नेपालमा सुटिङ खेल किन चिनिएकाे छैन ?

बाहिरी देशहरुमा याे खेल धनीका छाेरा-छाेरीले खेल्ने गर्छन् तर हाम्राे देशका खेलाडीहरु याे खेलकाे लागि सामाग्री किन्न सक्ने अवस्थामा छैनन्। यहाँ चाहिँ बन्दुक र लुगाहरु हामी आफैंले उपलब्ध गराउनुपर्छ।

नेपालमा पुरुषभन्दा महिलाहरुकाे नजिता राम्राे छ। उहाँहरुले राम्राे गरेपछि ओलम्पिकहरुमा पठाइन्छ। तर, महिलाहरु कतै भाग्ने हाे कि भनेर घर परिवारले बिहे गरिदिन्छन्। अनि, बिहेपछि महिलाहरु खेलमा उपस्थित हुन सक्नु हुँदैन।

अहिले पनि सुटिङ खेलमा धेरैजसो पुलिस र आर्मी क्लबबाट खेल्नुहुन्छ, हामीले आर्मीलाई धेरै पटक बन्दुक र पेस्तोल खरिद गर्न आग्रह गरेपछि उहाँहरुले किन्नु भयाे। तर, पुलिसले अहिलेसम्म किनेकाे छैन। उहाँहरु त सरकारी निकाय हो नि यही पनि सुटिङ संघमाथि नै निर्भर छ। यही कारण नेपालमा सुटिङ खेल चिनिएकाे छैन।

सुटिङ खेल सरकारकाे प्राथमिकतामा नपरेकाे कि तपाईंहरुले पहल नगरेकाे ?

हामीले पहल नगरेको हाेइन। आफूले गरिरहेको ठाउँमा अलि मद्दत पुगोस्, लगानी गर्न नपरोस् भने त जसले पनि चाहन्छ। सरकारले बजेट नै छैन भन्छ। यसपटक पनि खेलाडीहरुलाई एसियन गेम्समा पठाउन ६० करोड चाहिने थियो तर सरकारले ६ करोडमात्र दियाे।

हामीले एसियन गेमका लागि १२ जना पठाउने भनेका थियौं तर दुई जनामात्र पठाउने गरी सरकारले निर्णय गरेको छ। त्यसमा पनि म्यानेजर नपठाउने निर्णय गरेको छ। सुटिङ खेलका लागि म्यानेजर एकदमै जरुरी छ। म्यानेजरले नै बन्दुकहरुको म्यानेज गर्न हो, त्यसका लागि पनि धेरै लामो प्रक्रिया हुन्छ। खेल खेल्न गएका खेलाडीहरुले त यी सबैलाई व्यवस्थित गर्न सक्दैन, सरकारले म्यानेजरलाई पठाउने बजेट छैन भन्दै आइरहेको छ।

नेपालमा सुटिङ खेलको अवस्था कस्तो छ ?

नेपालमा अहिले काठमाडौँमा हामीले मोर्डन डिजिटल रेन्ज राखेको छौँ। हामीले अहिले नै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु गराउँन सक्छौँ। यस्तो डिजिटल रेन्ज चाहिँ एउटा नेपालगञ्जमा छ। इलेट्रिक टाइपको यो पनि लाइट र बजेटको अभावले त्यसै छ। बाँकी अरु प्रदेशमा रेन्जहरु केही पनि छैन्। यहाँबाट हामीले सम्बन्धित निकायमा कुरा गरेको थियौँ तर बजेट छैन भने। यहाँबाट त बजेट दिन सकिँदैन, त्यहाँ गर्ने भनेको प्रदेश सरकारले हो।

तर, मलाई प्रदेश सरकारले दिन्छजस्तो लाग्दैन। प्रदेश सरकार नै अस्तव्यस्त देखिन्छ कि त सुटिङ संघलाई पूर्णजिम्मेवारी दिन पर्‍याे। यही ताल हो भने नेपालगञ्जबाहेक अन्य क्षेत्रमा सुटिङको केही हुँदैन्।

सुटिङ खेलकाे याे दयनीय अवस्थामा सरकार किन मुखदर्शक बनेकाे ?

ब्याडमिन्टनको ब्याट, फुटबलको बलहरुजस्ता अन्य खेलका सामाग्रीहरु जहाँ पनि उपलब्ध हुन्छन तर सुटिङ खेल्नका लागि बन्दुक चाहिन्छ। एउटा बन्दुक एयर गनको मात्र फ्याक्ट्रीकाे मूल्य यहाँबिना भन्सार २० लाख रुपैयाँ पर्छ। सुटिङ खेलको सामाग्रीहरु धेरै महङ्गाे छ। यसको लागि सरकारले साथ दिनुपर्छ। हामीसँग अहिले एसियन गेम्स र ओलम्पिका लागि नयाँ-नयाँ बन्दुकहरु छन, पेस्तो, बन्दुक छ।

खेलाडीले नेपालमा सुटिङ खेल खेलेर जीवन चलाउन सक्छन् ?

सक्दैनन्।

चीन भारतजस्ता देशले बजेटमा सुटिङ खेलकाे लागि ठुलाे रकम छुट्याएका हुन्छन्। खेलाडीले लगाउने सुटिङका पूरा सेटको ३ लाख रुपैयाँ पर्छ तर यहाँ सेट खरिद गर्न पनि सकिँदैन।

खेलाडीको विकासको लागि सरकारले बन्दुक र ड्रेसहरु किन्नु पर्‍याे। प्रशिक्षकहरु छैनन्, त्यसकाे पनि व्यवस्थापन गरिदिनु पर्‍याे। यस्ताे अवस्थामा नेपाल सुटिङ खेल खेलेर जीवन चलाउने धेरै गाह्राे छ।

युवा पुस्तालाई सुटिङमा ल्याउन के-के गर्नुहुन्छ ?

युवा पुस्तालाई खेल क्षेत्रमा ल्याउन नेपालमा प्रत्येक व्यक्तिको आय बढाउन पर्‍याे। जस्तै: एक जना सुटर ट्यालेन्ट छ र उसको खेल जीवन सकिएपछि दुर्घटनामा परेर केही गर्न सक्ने भने सरकारले गोल्ड मेडल ल्याएकोलाई भत्ता दिन पर्‍याे। सरकारले सहकार्य गर्नुपर्छ।

याे खेलकाे लागि सरकारले बजेटकाे व्यवस्थापन गर्‍याे भने खेलाडीहरुले देश चिनाउन सक्छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?