संसद विकास कोषबाट निर्मित घेराबार चोरी 

जुम्लाको तातोपानी गाउँपालिकामा कृषि उत्पादन वृद्धि र सामुहिक स्याउ बगैंचा निर्माण गर्ने उदेश्यले गरिएको घेराबार चोरि भएको छ।

तत्कालीन सांसद गजेन्द्र बहादुर महत कार्माको सांसद विकास कोषबाट आ.व २०७७र०७८ मा ६३ लाख सहयोगमा घेराबार भएको थियो।वडा नम्बर २, ४ र ६ को सान बनेको सामुहिक स्याउ बगैंचा अहिले उक्त क्षेत्रकौ लज्जाको विषय बनेको छ। कारण त्यहाँ ठड्याइएका फलामका एङ्गल, जाली जस्ता सामग्रीहरु चोरी भएका छन्।

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले कृषि उत्पादन वृद्धि र सामुहिक स्याउ बगैंचा निर्माण उपभोक्ता समितिका अध्यक्ष धन बहादुर बुढालाई लेखेको पत्रमा घेराबार आ.व २०७७र७८ सम्पन्न भएको घेराबारको जाली र एंगल चोरी भइरहेको उल्लेख गरेका छन्। 

पत्रमा भनिएको छ, ‘निर्माण सामाग्रीहरु के कति मात्रामा चोरी भएको छ? उक्त सामाग्रीहरु चोरी गर्नेलाई पत्ता लगाई कारबाही गर्ने कर्तब्य सबै सरोकारवाला हरुको भएकाले सामान चोरी गर्ने व्यक्तिहरु पत्ता लागेमा वडा नं २,४ र ६ मा खवर गर्नुका साथै अब यस पछि उक्त घेरावार योजनाको संरक्षण र रेखदेख गर्ने व्वस्था मिलाउनहुन जानकारी गरिन्छ।’  

उनले सोही विवरणको पत्र हाँकु प्रहरी चौकी र लिताकाट प्रहरी चौकीलाई पनि दिएका छन्। यसरी सामुहिक बगैंचामा निर्मित घेराबार नै चोरी हुनुमा कामदारले काम गरे वापतको रकम नपाउनु पनि एक कारण खलको छ। काम गरेको रकम नपाएपछि घेराबार भत्काएर लगेको नाम नबताउने शर्तमा एक स्थानीयले बताएका छन्।

प्रकाशित मिति: : 2023-07-07 11:53:00

प्रतिकृया दिनुहोस्