आतङ्कवादी आक्रमाणको योजना बनाएको आरोपमा सात जना पक्राउ

जर्मन प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहबाट प्रेरित भई जर्मनीमा आतङ्कवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सात जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका मध्य एसियाका ती पुरुष केही समयदेखि  एकआपसमा परिचित रहेका तथा उनीहरूले पारस्परिक सम्पर्कलाई  बढाउँदै कट्टरपन्थी इस्लामिक विचारधारा साझा गरेका  सङ्घीय अभियोजकको कार्यालय बताएको छ। 

सन् २०२२ को प्रारम्भमा युक्रेनमा युद्ध सुरु भएको केही समयपछि उनीहरू जर्मनी आएका हुन्। सातै जना अभियुक्त लगभग एकै समयमा जर्मनी आएका बताइएको छ। 

नेदरल्याण्ड्समा पक्राउ परेको अर्को संदिग्धसँग सातै जनाले सम्पर्क स्थापना गरेर  आतङ्ककारी आक्रमण  गर्ने उद्देश्यका साथ एउटा सानो समूह गठन गरेका थिए।

उनीहरूले जर्मनीको कुन स्थानमा आक्रमण गर्ने भन्ने निर्णय नगरे पनि घातक हतियार प्राप्तिको भरमग्दुर प्रयास गरेका अभियोजनकर्ताहरूले बताएका छन्। 

प्रकाशित मिति: : 2023-07-07 06:24:00

प्रतिकृया दिनुहोस्