बिएल संवाददाता
ठमेलको चर्चित क्लब एलओडी (लर्ड अफ दि ड्रिंक्स)का सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। नाबालिकालाई क्लब प्रवेश गराएको भन्दै क्लबका दुई सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवालमाथि पक्राउ पुर्जी जारी गरिएको हो।
जेठ ३० गते क्लब पुगेकी १६ वर्षीया नाबालिकालाई क्लबबाट बालकुमारी लगी बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदनबहादुर कोइरालाई पक्राउ गरिएको थियो।
बालिकाले हालैमात्र एसईई परीक्षा दिएकी हुन्। प्रहरीका अनुसार बालिका फेसबुकबाट चिनेका साथीसँग एलओडी पुगेकी थिइन्।
साथीसँग त्यहाँ पुगेकी उनले रक्सी समेत पिएकी थिइन्। र पछि घर लगिदिने बहानामा कोइरालाले नाबालिगलाई गाडीमा राखेर बागडोलस्थित पश्चिमाञ्चल सोलुसन प्रालिको भाडाको भवनमा लगेका थिए।
बलात्कृत युवतीले जेठ ३१ गते बलात्कृत भएको किटानी जाहेरी दिएपछि प्रहरीले कोइरालाई पक्राउ गरेको थियो। र बयानको क्रममा कोइरालाले १६ वर्षको केटी क्लब प्रवेश गर्न पाउँदैन भनेपछि नाबालिगलाई क्लबमा प्रवेश दिएको विषयलाई लिएर प्रहरीले क्लबका सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवालमाथि अनुसन्धान थालेको हो।
‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’
आजको मौसमः सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
रास्वपा प्रदेश अधिवेशन आजदेखि
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया