कर्णालीमा एक लाख पशुचौपायालाई ‘लम्पी स्कीन’विरुद्धको खोप

फाइल तस्बिर
फाइल तस्बिर

कर्णाली प्रदेशका १० जिल्लामा लम्पी स्कीन रोगबाट संक्रमित एक लाख २५ हजार ९१ पशु चौपायाको उपचार गरिएको छ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार नौ हजार नौ सय एक पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइएको हाे।

पछिल्लो समय पशुमा लम्पी स्कीन रोग तीव्ररुपमा फैलिँदै गएको छ। प्रदेशका कृषिमन्त्री भीमप्रकाश शर्माले रोग नियन्त्रण गर्न कर्मचारीलाई निर्देशन दिएको छ।

मन्त्रालय निमित्त सचिव राजु भुजले प्रेस विज्ञप्ति जारी गर्दै खोप अभियान तिव्र पारिएको उल्लेख भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाबाट २०७९ चैत २७ गते गाई गोरुको सिरिम र छालाको भागको नमूना केन्द्रीय पशुपछी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो। परीक्षण गर्दा गत वैशाख ४ गते लम्पी स्कीन रोग पुष्टि भएपछि खोप लगाउन थालिएको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिएका छन्।

कर्णालीमा सबैभन्दा बढी सल्यानमा ३४ हजार तीन सय २८ पशुमा लम्पी स्किन देखिएको छ। सो रोगबाट मुगुमा चार सय २९ पशुचौपाया  सङ्क्रमित भएका छन्।

प्रकाशित मिति: : 2023-07-06 08:12:00

प्रतिकृया दिनुहोस्