बुल्गेरियामा जहाजमा सवार दुई रुसी नाविकको मृत्यु

बुल्गेरियाको ब्ल्याक सी बन्दरगाह वरनामा जहाजमा सवार दुई जना रुसी नाविकको मृत्यु भएको रिया नोवोस्तीले मङ्गलबार जनाएको छ।

मृत्यु हुने ती नागरिकहरूमा ३२ र ५८ वर्षका रहेको बुझिएको छ। उनीहरू बेलीजको झण्डामुनि यात्रा गरिरहेको मिलफोर्ड ड्रेजिङ जहाजमा सवार थिए।

आरआईए नोवोस्तीले बुल्गेरियाली सामुद्रिक अधिकारी र जहाजका कप्तानलाई उद्धृत गर्दै सो बारे जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2023-07-05 05:37:00

प्रतिकृया दिनुहोस्