प्रियंका चोपडाको फिटनेशको राजः देसी खाना खानुस्

photo: Awesome Assam
photo: Awesome Assam

बलिउडकी अभिनेत्री प्रियंका चोपडा आफ्नो शानदार अभिनयको कारण परिचित छिन्। उनलाई मानिसहरूले प्रेम गरेर ‘देसी गर्ल’ भनेर पनि भन्ने गर्छन्। उनी आफ्नो फिटनेशलाई ध्यान दिन्छिन्। जसका लागि उनी सन्तुलित भोजनको प्रयोग गर्छिन्। 
साथै उनी योगा र एक्सरसाइज पनि गर्छिन्। 

सामाजिक सञ्जालमा सक्रिय रहने उनी आफ्नो फिटनेशको रहस्य फेन्सहरूलाई सेयर गरिरहन्छिन्। यदी तपाईहरू पनि प्रियंकाको जस्तो फिगर बनाउन चाहनुहुन्छ भने अपनाउनुहोस्। उनको डाइट प्लान र एक्सरसाइज–

डाइट

देसी गर्ल खानामा देसी मन पराउँछिन्। जसको लागि उनी दाल, चामल, रोटी, सुप र सलाद खाने गर्छिन्। उनी सधैँजसो जुस पिउछिन्। त्यसका साथै शरीरको हायडे«ट राख्नका लागि १० गिलास पानी पिउने गर्छिन्। चिज पिज्जा र बगृर खाने उनी आफ्नो दिनको सुरुआत स्यानविचबाट गर्छिन्। 

एक्सरसाइज

उनको अनुसार उनी जिम लवर होइनन्। तर फिट रहनको लागि वर्कआउट गर्छिन्। त्यसको लागि उनी स्वीमिङ गर्छिन्। जुन उनको मनपर्ने काम हो। त्यसका साथै उनी वाकिङ गर्छिन्। भर्याङबाट एक्सरसाइज गर्ने उनी जति व्यस्त भएपनि वर्कआउटको लागि समय निकाल्छिन्। एजेन्सीकाे सहयाेगमा 

प्रकाशित मिति: : 2023-07-04 18:30:00

प्रतिकृया दिनुहोस्