श्रीलङ्कामा ठूलो परिमाणमा केन्दुको पात बरामाद

श्रीलङ्काको नौसेनाले आइतबार बिहान एक हजार ९४७ केजी तस्करी गरिएको केन्दु पातसहित एक संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ।

नौसेना जहाज एसएलएनएस विजयाका कर्मचारीले पुत्तलमको कराटिभ समुद्रतट क्षेत्रमा गरिएको विशेष कारबाहीका क्रममा उनलाई पक्राउ गरेको नौसेनाले प्रेस विज्ञप्तिमा जनाएको छ।

जम्मा ६५ वटा प्याकेजमा केन्दुपात तस्करी गर्ने ५० वर्षीय अभियुक्तलाई प्रहरीको जिम्मा लगाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

केन्दु पात श्रीलङ्कामा बिडी उत्पादनमा प्रयोग गरिन्छ। यसको लाइसेन्सविना प्रयोग र ओसारपसार गर्न निषेध गरिएको छ।

प्रकाशित मिति: : 2023-07-03 05:54:00

प्रतिकृया दिनुहोस्