डा. धामी भए कर्णाली प्रतिष्ठानको रेक्टार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको रेक्टार पदमा डा.डबल धामी नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा.धामीलाई रेक्टारमा नियुक्त गरेका हुन्।

मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको सिफारिसका आधारमा डा. धामीलाई नियुक्त गरेका हुन्। उपकुलपति डा. रावलले डा. धामीसहित डा. भुमिराज क्षेत्री र डा. कुशल भट्टराईको नाम सिफारिस गरेका थिए।

यसअघि उपकुलपति डा. रावलले रेक्टरका लागि डा. राजीव शाह, डा. माया राई र डा. अनुस्मृती पालको नाम सिफारिस गरेका थिए। तर, मन्त्री बस्नेतले उनीहरु बाहेकका नाम सिफारिस गर्न भनेपछि उपकुलपति डा. रावलले नयाँ तीन जनाको नाम सिफारिस गरेका हुन्।

प्रकाशित मिति: : 2023-07-02 19:31:00

प्रतिकृया दिनुहोस्