बिएल संवाददाता
बलिउडका अभिनेता रणबीर कपूर र अभिनेत्री दीपिका पादुकोण अहिले आ–आफ्नो जीवनमा खुसी छन्। कपूरले अभिनेत्री आलिया भट्टसँग विवाह गरेका छन् भने दीपिका अभिनेता रणवीर सिंहसँग वैवाहिक बन्धनमा बाँधिसकेकी छिन्।
अहिले ती दुई जोडी खुसी छन्। तर कुनै समय एकअर्कासँग प्रेममा रहेका पादुकोण र कपूरको ‘ब्रेकअप’ले खूबै चर्चा बटुलेको थियो।
मिडिया रिर्पोटका अनुसार उनीहरू सन् २००७ सालमा आएको फिल्म ‘बचाना ए हसिनोँ’ बाट साथ आएका थिए। भनिन्छ, त्यही फिल्मबाट उनीहरूबीच नजिकी बढेको थियो। उनीहरू गम्भीर प्रेममा थिए।
झनै दीपिका त यतिसम्म कपूरको प्रेममा डुबेकी थिइन् उनले रणबीरको ‘ट्याटु’ नै आफ्नो गर्दनमा हानेकी थिइन्। तर उनीहरूको प्रेम विवाहमा परिनत हुन सकेन।
खबरको अनुसार दीपिकासँग प्रेम सम्बन्धमा रहँदा नै रणबीरले अरू केटीसँग पनि डेट गरिरहेका थिए। उनलाई धेरै जनाले भनेका थिए, रणबीरको अफेयर अभिनेत्री कैटरीना कैफसँग चलिरहेको छ।
एक इन्टरभ्यूमा दीपिका स्वयमले नै बताएकी थिइन्, रणबीरले ब्रेकअप नगर्नका बिन्ती गरेकी थिए। त्यसकारण उनले कपूरलाई एक मौका दिएकी थिइन्। तरपनि सुध्रिएनन् रणबीर।
दीपिकाका अनुसार उनी स्वंयले रणबीरलाई ‘रंगेहात’ चिट गरिरहेको समयमा समातेकी थिइन्। जसकारण उनको ब्रेकअप भयो। दीपिकासँग टुटेपछि उनी कैटरीनासँग नजिक बढे। उनीहरू लामोसमय ‘लिभ इन टुगेदर’ मा बसे तर विवाह गरेनन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया