
बिएल संवाददाता
बलिउडका अभिनेता रणबीर कपूर र अभिनेत्री दीपिका पादुकोण अहिले आ–आफ्नो जीवनमा खुसी छन्। कपूरले अभिनेत्री आलिया भट्टसँग विवाह गरेका छन् भने दीपिका अभिनेता रणवीर सिंहसँग वैवाहिक बन्धनमा बाँधिसकेकी छिन्।
अहिले ती दुई जोडी खुसी छन्। तर कुनै समय एकअर्कासँग प्रेममा रहेका पादुकोण र कपूरको ‘ब्रेकअप’ले खूबै चर्चा बटुलेको थियो।
मिडिया रिर्पोटका अनुसार उनीहरू सन् २००७ सालमा आएको फिल्म ‘बचाना ए हसिनोँ’ बाट साथ आएका थिए। भनिन्छ, त्यही फिल्मबाट उनीहरूबीच नजिकी बढेको थियो। उनीहरू गम्भीर प्रेममा थिए।
झनै दीपिका त यतिसम्म कपूरको प्रेममा डुबेकी थिइन् उनले रणबीरको ‘ट्याटु’ नै आफ्नो गर्दनमा हानेकी थिइन्। तर उनीहरूको प्रेम विवाहमा परिनत हुन सकेन।
खबरको अनुसार दीपिकासँग प्रेम सम्बन्धमा रहँदा नै रणबीरले अरू केटीसँग पनि डेट गरिरहेका थिए। उनलाई धेरै जनाले भनेका थिए, रणबीरको अफेयर अभिनेत्री कैटरीना कैफसँग चलिरहेको छ।
एक इन्टरभ्यूमा दीपिका स्वयमले नै बताएकी थिइन्, रणबीरले ब्रेकअप नगर्नका बिन्ती गरेकी थिए। त्यसकारण उनले कपूरलाई एक मौका दिएकी थिइन्। तरपनि सुध्रिएनन् रणबीर।
दीपिकाका अनुसार उनी स्वंयले रणबीरलाई ‘रंगेहात’ चिट गरिरहेको समयमा समातेकी थिइन्। जसकारण उनको ब्रेकअप भयो। दीपिकासँग टुटेपछि उनी कैटरीनासँग नजिक बढे। उनीहरू लामोसमय ‘लिभ इन टुगेदर’ मा बसे तर विवाह गरेनन्।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया