तर्सिएका आप्रवासीहरूलाई घर फर्काउँदै तालिबान

गत महिना ७४ हाजरभन्दा बढी अफगान आप्रवासी इरानबाट सिल्क रोड क्रसिङ पोइन्ट हुँदै स्वदेश फर्किएका छन्,।

पश्चिमी निमरोज प्रान्तको शरणार्थी र स्वदेश फिर्ता विभागका तालिवानका प्रान्तीय अधिकारीले सो जानकारी दिएको खामा प्रेसले जनाएको छ।

निमरोज प्रान्तको शरणार्थी र स्वदेश फिर्ता प्रान्तका प्रान्तीय प्रमुख मौलावी अब्दुल्लाह रियाजले विगत दुई हप्तामा इरानबाट १,१०६ परिवार र ६९,२५९ व्यक्तिसहित कम्तिमा ७४,३६० व्यक्ति स्वदेश फर्किएको बताएका छन्।

आधिकारिक स्रोतका अनुसार गत दुई दिनमा तोर्खाम क्रसिङ प्वाइन्ट हुँदै पाकिस्तानबाट २३० अफगान परिवार फर्किएका छन्।

इरान र पाकिस्तानबाट अफगान शरणार्थीको स्वदेश फिर्ती पछिल्लो समयमा असाधारणरूपमा बढेको छ जुन उत्पीडन, स्वेच्छाचारी नजरबन्द र आयोजक देशमा गैरकानुनी अफगान नागरिकलाई निर्वासनजस्ता विभिन्न कारकसँग जोडिएको छ।

अगस्ट २०२१ मा पूर्वअफगान सरकारको पतनपछि हजारौँ कमजोर अवस्थामा रहेका अफगान परिवार तालिबानद्वारा मृत्युको धम्की र त्रासले छिमेकी देश इरान र पाकिस्तानमा सरेका थिए।

अफगान शरणार्थी स्वेच्छाचारी नजरबन्द, दुर्व्यवहार, कैद र जबर्जस्ती निर्वासनलगायतका कारण निर्वासनमा  रहेका देशमा गम्भीर चुनौतीको सामना गरिरहेको पनि खामा प्रेसले उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2023-06-29 06:15:00

प्रतिकृया दिनुहोस्